एकता अभियानमा सामेल हुन एमालेलाई प्रचण्डको अपिल
२०८२ माघ ९ गते

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (एमाले)लाई पनि आफ्नो पार्टीसँग एकता गर्न आह्वान गरेका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो आह्वान गरेका हुन् । मुलुकलाई संकटबाट जोगाउनका लागि राष्ट्रिय शक्ति आवश्यक रहेको उल्लेख गर्दै संयोजक दाहालले त्यसका लागि सबै वामपन्थी, कम्युनिष्ट र लोकतान्त्रिक शक्तिहरुबीचको एकता जरुरी रहेको बताए ।
उनले मुलुकलाई संकटबाट जोगाउनका लागि आफूहरुले पार्टीहरुबीचको एकता अभियानलाई तिब्रता दिएको समेत बनाए ।
संयोजक दाहालले मुलुकमा प्रतिक्रियावादीहरुको चलखेललाई रोक्न पनि सबै देशभक्तहरुले एकतावद्ध भएर अघि बढनुपर्ने अवस्था आएको बताए ।
संयोजक दाहालले मुलुकलाई निकास दिन निर्वाचनको विकल्प नभएकाले आफूहरुले नै त्यसमा अडान लिएको समेत बताए ।
२०८२ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित










