१ करोड ५० लाख समानुपातिक तर्फको मतपत्र छपाइ सकियो

काठमाडौं । आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका ४९ जना उम्मेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् ।

शुक्रवार १ बजेसम्म उम्मेदवारी फिर्ता लिन पाउने अधिकारको सदुपयोग गर्दै उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले देशभर ४९ जनाले उम्मेदवारी फिर्ता लिनुभएको बताए ।

उनकाअनुसार मनोनयन पत्र दर्तादेखि दाबी, विरोध, नामावली प्रकाशन र उम्मेदवारले नाम फिर्ता लिने कार्यक्रमहरु देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । समानुपातिक निर्वाचन प्रणालीको कार्यक्रम पनि सँगै अघि बढाएको उनले जानकारी दिए ।

समानुपातिक उम्मेदवारको विरोधमा ५ गतेदेखि माघ १० गतेसम्म दाबी विरोध गर्न सकिने र १० गतेपछि त्यसउपर छानविन गरी माघको २० गते अन्तिम बन्दसूचि प्रकाशन हुनेछ बताए ।

प्रवक्ता भट्टराईले बन्दसूचि पेश भइसकेपछि बन्दसूचिमा नाम पेश गरेका जम्मा ५८ वटा निर्वाचन चिन्हलाई कायम गरेर निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फको मत पत्र छपाईको काम शुरु गरिसकेको बताए ।

उनकाअनुसार देशभरको मतदाता संख्या १ करोड ८९ लाख रहेको र त्यसमा ७ प्रतिशत बढी मतपत्र छाप्ने गरी आयोगले निर्णय भएकाले समानुपातिकतर्फको १ करोड ५० लाख मतपत्र छपाई भइसकेको छ । बाँकी ५० लाख मतपत्र दुई दिनभित्र सकिने बताए ।

प्रत्यक्षतर्फको निर्वाचन चिन्ह प्रदान गरिसकेपछि त्यसको मतपत्र डिजाइन गरेर मतपत्र छपाईको काम शुरु हुने बताए । समानुपातिकको मतपत्र देशभरको एउटै हुने र प्रत्यक्षतर्फको मतपत्र निर्वाचन क्षेत्रगत रुपमा फरक फरक हुने जानकारी दिए । यो महिनाभित्रमा मतपत्र छपाईको काम सम्पन्न गर्नेगरी काम गरिरहेको उल्लेख गरे ।

मतदाता नामावलीको काम पनि निर्वाचन आयोगमा भइरहेको बताए । ४ प्रति मतदाता नामावली छपाई गर्नुपर्नेमा एकप्रति मतदाता नामावली छापेर सबै जिल्लामा पु¥याइसकेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 8 =