‘युवा पुस्ता क्षमताको सम्मान गर्नुपर्छ’

काठमाडौं । राष्ट्रिय सभाका सदस्यहरूले देशको विकासमा युवा पुस्ताको क्षमतालाई समेटिनुपर्ने बताएका छन् ।

आज बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनीहरूले मुलुकको राजनीतिक परिस्थिति सुधार गर्न पनि युवा मनोभाव सम्बोधन गरिनुपर्ने धारणा राखेका हुन् ।

राष्ट्रिय सभा सदस्य मोहम्मद खालिदले नातावाद र आफन्तलाई अवसर दिने परिपाटीले गर्दा धेरै सक्षम युवा दिक्क मानेर विदेसिनुपरेको बताए । यस्तो परिस्थितिबाट देशलाई जोगाएर सक्षम र दक्ष जनशक्तिलाई स्वदेशमै टिकाउने रणनीतिबारे सोच्नुपर्ने उनको सुझाव थियो ।

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले जेनजी आन्दोलनको समीक्षा गर्दै मुलुकको विकास पुरानो पुस्ता र नयाँ पुस्ताबीचको सहकार्यमा सम्भव हुने बताए ।

दलहरूको औचित्यमाथि प्रश्न गर्ने र अर्कोतर्फ दल बनाएर आउनेले जनतालाई भ्रममा पारेका उनले बताए । युवा पुस्ता र पुराना पुस्ताको कित्ताकाट गरेर विकास सम्भव नहुने उनको धारणा थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =