राष्ट्रिय सभामा २ वटा संसदीय समितिको अध्ययन प्रतिवेदन पेस
२०८२ माघ ९ गते

काठमाडौँ । राष्ट्रिय सभामा २ वटा संसदीय समितिको अध्ययन प्रतिवेदन पेस गरिएको छ ।
शुक्रवार बसेको राष्ट्रिय सभा बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमलादेवी पन्तले राष्ट्रिय सदाचार सम्बन्धी अध्ययन प्रतिवेदन २०८२ सम्बन्धी समितिको प्रतिवेदन र विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले पर्यटन विधेयक २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेस गरेका हुन् ।
प्रतिवेदनमा मुलुकको सदाचार र पर्यटन क्षेत्रको विकास सम्बन्धमा व्यापक सुझाव सरकारलाई दिइएको बताइएको छ ।
२०८२ माघ ९ गते
प्रतिक्रिया
सम्बन्धित








