नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक सानेपामा सुरु

काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ ।
यो बैठक विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएपछिको नयाँ नेतृत्वको पार्टी कार्यालयमा बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठक हो ।
विशेष महाधिवेशनले थापालाई सर्वसम्मत रूपमा सभापति चयन गरेको थियो भने निर्वाचन आयोगले पनि थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिक मान्यता प्रदान गरिसकेको छ ।
बैठकमा आगामी निर्वाचनमा थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने लगायतका महत्त्वपूर्ण एजेण्डाहरू छलफल हुने अपेक्षा गरिएको छ । यसअघि संस्थापन पक्षका युवाहरू पार्टी कार्यालय छोडेपछि नयाँ नेतृत्वको टोली सानेपा प्रवेश गरेको हो ।
पार्टीभित्रको आन्तरिक विवाद र सुधारका एजेन्डालाई सम्बोधन गर्दै थापा नेतृत्वको कार्यसमितिले नयाँ गति लिने विश्वास गरिएको छ ।








