अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ऐतिहासिक न्यून बिन्दुमा

काठमाडौं । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँ ९१.७३ को ऐतिहासिक न्युन बिन्दुमा झरेको छ । डलरको निरन्तर माग र विश्वव्यापी बजारको शतर्कताका कारण प्रारम्भिक कारोबारमै ७६ पैसाले अवमूल्यन हुँदै रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको हो ।

यसअघि सन् २०२५ डिसेम्बर १६ मा रुपैयाँ ९१.१४ को रेकर्ड न्युन बिन्दुमा पुगेको थियो भने यो महिना मात्र स्थानीय मुद्राको मूल्य १.५० प्रतिशतले घटिसकेको छ । विदेशी मुद्रा व्यापारीहरूकाअनुसार अमेरिकाको विस्तारवादी नीति र बढ्दो भू–राजनीतिक अनिश्चितताले लगानीकर्ताहरूमा जोखिम छल्ने प्रवृत्ति बढाउँदा उदीयमान बजारका मुद्राहरू दबाबमा परेका हुन् ।

यसबाहेक विदेशी पूँजीको पलायनका कारण घरेलु शेयर बजारमा आएको सुस्तीले लगानीकर्ताको मनोबललाई थप कमजोर बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 3 =