उम्मेदवारी खारेजपछि रेशम चौधरीको प्रतिक्रियाः ‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ’

काठमाडौँ । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवारी खारेज भएपछि रेशम चौधरीले आफूलाई राजनीतिक रूपमा सिकार बनाइएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै चौधरीले विभेद, दमन र उपेक्षित समुदायमाथि उत्पीडन गर्न विभिन्न हतियार प्रयोग गरिएको आरोप लगाएका छन् । उनले आफ्नो उम्मेदवारी खारेजलाई राजनीतिक विभेदको निरन्तरता भन्दै आक्रोश व्यक्त गरेका छन् ।

‘राजनीतिक सिकार बनाउनुको पनि हद हुन्छ,’ उनले लेखेका छन्, ‘विभेद, दमन र उपेक्षित समुदायलाई उत्पीडनमा पार्दा प्रयोग गरिने हतियार पनि कस्ता कस्ता ?’

दक्षिण अफ्रिकाका नेता नेल्सन मण्डेलाको संघर्षको उदाहरण दिँदै चौधरीले पहिचानको लामो लडाइँको मार्ग पनि त्यस्तै हुन सक्ने आशंका व्यक्त गरेका छन् । ‘मण्डेलाले लामो संघर्ष गर्दाको परिणाम प्राप्ति सिंगो अफ्रीका हो,’ उनले उल्लेख गरेका छन्, ‘पहिचानको लामो लडाइँको मार्ग कतै त्यही हुने त होइन ? भन्ने भय छ ।’

उनले राजनीतिक विभेदविरुद्ध सबैलाई मतदानमार्फत प्रतिरोध गर्न आह्वानसमेत गरेका छन् । ‘राजनीतिक विभेदका विरुद्ध सबैको साथ भनेकै जाँतोमा (चकिया) मा मतदान हो,’ चौधरीले लेखेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × one =