कीर्तिमान कायम गरेको सुनको मूल्यमा गिरावट
२०८२ माघ ८ गते

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर २ लाख ९२ हजार २ सय रुपैयाँ कायम भएको छ ।
अघिल्लो कारोबार दिन बुधबार छापावाल सुन तोलामा २ लाख ९५ हजार एक सय रुपैयाँ कायम भएको थियो ।
यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा ५ हजार ९२० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ५ हजार ८७० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।
२०८२ माघ ८ गते
प्रतिक्रिया
सम्बन्धित










