बालेन शाह र गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह र पार्टीका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ३ का उम्मेदवार गणेश कार्कीबीच चुनावी रणनीतिबारे छलफल भएको छ ।

छलफलमा मोरङ–३ केन्द्रित चुनावी अभियानलाई कसरी प्रभावकारी बनाउने, जनसम्पर्क विस्तार गर्ने तथा परिवर्तनमुखी राजनीतिक सन्देशलाई आम मतदातामाझ सशक्त रूपमा पुर्‍याउने विषयमा गहन विचार–विमर्श भएको बताइएको छ ।

भेटका क्रममा स्थानीय तहमा संगठन सुदृढीकरण, युवाको सहभागिता बढाउने उपाय तथा चुनावी अभियानमा नवीन रणनीति अपनाउने विषयमा समेत छलफल भएको छ ।

रास्वपाले यस क्षेत्रलाई प्राथमिकतामा राख्दै परिवर्तनको एजेन्डासहित चुनावी अभियानलाई तीव्र बनाउने तयारी गरिरहेको छ । सोही रणनीतिक योजनाअन्तर्गत पार्टी नेतृत्व र उम्मेदवारबीच समन्वयात्मक छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =