साढे १० हजारले बढ्यो सुनको मूल्य, पुग्यो तीन लाख नजिक

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १० हजार ४ सय रुपैयाँले बढेर २ लाख ९५ हजार १०० रुपैयाँ कायम भएको छ ।

अघिल्लो कारोबार दिन मंगलबार छापावाल सुन तोलामा २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।

यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा ५ हजार ८८० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर ५ हजार ९२० रुपैयाँ कायम भएको महासंघको भनाइ छ ।

महासंघका अनुसार बुधबार प्रति १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ५ हजार ७६ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − seventeen =