रिक्त भएका प्रदेश सभा सदस्य र पालिका प्रमुख/उपप्रमुख पदको निर्वाचन फागुन २१ लगत्तै हुन्छ: निर्वाचन आयोग

काठमाडौँ । प्रदेश सभा सदस्य र पालिका प्रमुखले पदबाट राजीनामा दिएर प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी भएर रिक्त रहेका स्थानमा ६ महिनाभित्र निर्वाचन गर्ने निर्वाचन आयोगले जनाएको छ ।

मंगलवार आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले रिक्त रहेका स्थानमा सरकारको सल्लामा ६ महिनाभित्रै निर्वाचन गरी पदपूर्ति गरिने जानकारी दिए ।

उनले प्रतिनिधि सभा निर्वाचन लगत्तै रिक्त स्थानीय तह तथा प्रदेश सभा क्षेत्रमा निर्वाचन गरिने बताए ।

उनले भने ‘कतिपय प्रदेश सभा सदस्य र पालिका प्रमुखले आफ्नो पदबाट राजीनामा दिएर निर्वाचनमा होमिनुभएको छ । उहाँले निर्वाचित भएर कार्यसम्पादन गरिरहेको पदबाट राजीनामा दिइसकेपछि निर्वाचन आयोगले सरकारसँग सल्लाह गरेर ६ महिनाभित्र निर्वाचन गरिसक्नुपर्ने वैधानिक व्यवस्था हो । पहिले हामी फागुन २१ मा गर्नुपर्ने निर्वाचन सम्पन्न गर्छौँ । त्यसपछि खालि भएका पदहरूमा सरकारसँग सल्लाह गरेर निर्वाचन गरेर पदपूर्ति गर्छौँ ।’

उनले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्न सरोकारवाला सबैमा आग्रह पनि गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =