काठमाडौँ- २ बाट राप्रपा नेतृ कुन्ति पोखरेल गराइन् मनोनयन दर्ता
२०८२ माघ ६ गते

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ कुन्ति पोखरेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएकी छन् ।
पोखरेलले मङ्गलवार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।
पोखरेलले यसअघि २०७९ मा भएको निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेद्वार बनेकी थिइन् ।
गत निर्वाचनमा उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ सोविता गौतमसँग पराजित भएकी थिइन् । यसपटक भने गौतम चितवन क्षेत्र नम्बर २ पुग्दा पोखरेल फेरि सोही क्षेत्रमा उम्मेद्वार बनेकी छन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागी मङ्गलवार देशभर मनोनयन दर्ता भइरहेको छ ।
२०८२ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








