एमाले नेता ईश्वर पोखरेलले गराए काठमाडौँ– ५ मा मनोनयन दर्ता

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

पोखरेलले मङ्गलवार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

पोखरेल यसअघि पनि सोही क्षेत्रबाट उम्मेद्वार बन्दै आएका छन् ।

२०७९ मा भएको निर्वाचनमा पोखरेल नेपाली काँग्रेसका प्रदीप पौडेलसँग पराजित भएका थिए भने २०७४ मा भएको निर्वाचनमा भने जित हासिल गरेका थिए ।

यसपटक पनि काठमाडौँ– ५ मा पोखरेल र पौडेल फेरि एक पटक आमने–सामने भएका छन् । यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई उम्मेद्वार बनाएको छ ।

शीर्ष नेताहरूको प्रतिस्पर्धा हुने भएकोले काठमाडौँ क्षेत्र नम्बर ५ को निर्वाचन रोचक हुने भएको छ । आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागी मङ्गलवार देशभर मनोनयन दर्ता भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =