एमाले सचिव महेश बस्नेतले भक्तपुर- २ बाट मनोनयन दर्ता गराए

काठमाडौँ । नेकपा (एमाले) का सचिव महेश बस्नेतले प्रतिनिधि सभा निर्वाचनका लागि भक्तपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

सचिव बस्नेतले मङ्गलवार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।

बस्नेत २०७९ मा भएको निर्वाचनमा पनि सो क्षेत्रबाट उम्मेद्वार रहेका थिए । उनी गत निर्वाचनमा नेपाली काँग्रेसका उम्मेद्वार दुर्लभ थापासँग पराजित भएका थिए भने २०७० र २०७४ सालमा भने सो क्षेत्रबाट निर्वाचित भएका थिए ।

काँग्रेसले भने यस क्षेत्रबाट कविर राणालाई उम्मेद्वार बनाएको छ ।

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मङ्गलवार देशभर मनोनयन दर्ता भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 3 =