काँग्रेस महामन्त्री पौडेलले गराए काठमाडौँ–५ मा मनोनयन दर्ता

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौँको निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
महामन्त्री पौडेलले मङ्गलवार निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।
पौडेलले यसअघि २०७९ मा भएको निर्वाचनमा पनि यही क्षेत्रबाट उम्मेद्वार भएर जित हासिल गरेका थिए । काठमाडौँ– ५ मा नेकपा एमालेले ईश्वर पोखरेललाई उम्मेद्वार बनाएको छ । गत निर्वाचनमा पनि पौडेल र पोखरेलबीच नै प्रतिस्पर्धा भएको थियो । यसपटक पनि पौडेल र पोखरेल आमने–सामने भएका छन् ।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पूर्वअध्यक्ष कमल थापालाई उम्मेद्वार बनाएको छ । शीर्ष नेताहरूको प्रतिस्पर्धा हुने भएकोले काठमाडौँ क्षेत्र नम्बर ५ को निर्वाचन रोचक हुने भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागी मङ्गलवार देशभर मनोनयन दर्ता भइरहेको छ ।








