झापामा एमालेलाई बाटो छेकेपछि ओलीको प्रतिक्रिया- रास्वपाले आफ्नो स्तर देखायो

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रास्वपाका कार्यकर्ताहरूले झापामा असभ्यता देखाएको बताएका छन् ।
मङ्गलवार आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गर्न पुगेका अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले रास्वपाका तर्फबाट असभ्य खालको क्रियाकलाप भएको बताए । रास्वपाका कार्यकर्ताले आफ्नो स्तर जाहेर गरेको उनको भनाइ छ । रास्वपाका कार्यकर्ताले बाटो छेक्ने काम गरेकाले केही भनाभन भएपनि झडप नभएको बताए ।
उनले भने ‘रास्वपाका तर्फबाट केही अस्वस्थ, असभ्य खालको क्रियाकलाप भयो भन्ने मैले सुनेँ । तर त्यस्तो ठुलो केही होइन । उनीहरूले आफ्नो स्तर जाहेर गर्ने त्यति कामसम्म गरेका होलान् जस्तो लाग्छ । त्यस्तो ठूला झडप होइन । उनीहरूले बाटो छेक्ने, डिस्टर्ब गर्ने असभ्यता देखाए । स्वस्थ प्रतिस्पर्धा, शान्तिपूर्ण ढङ्गले गर्नुपर्छ । चुनाव शान्तिपूर्ण ढङ्गले हुनुपर्छ ।’
अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने र शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न हुनुपर्ने बताए ।








