रवि लामिछानेसँग पर्सा अदालतले माग्यो १ करोड धरौटी

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेसँग जिल्ला अदालत, पर्साले १ करोड रुपैयाँ धरौटी माग गरेको छ ।

सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित २९ जनाविरुद्ध दायर मुद्दामा अदालतले धरौटी माग गर्ने आदेश दिएको हो ।

अदालतका तहसिलदार देवराज भट्टराईका अनुसार न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग गर्ने निर्णय गरेको हो ।

लामिछाने आजै तारेख बुझ्न अदालतमा उपस्थित भएका थिए । अदालतको कारबाहीपछि उनी चितवनतर्फ उम्मेदवारी दर्ताका लागि प्रस्थान गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =