एमाले अध्यक्ष ओलीले गराए झापा–५ मा मनोनयन दर्ता
२०८२ माघ ६ गते

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
उनले मङ्गलवार दिउँसो निर्वाचन कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका हुन् ।
मनोनयनका लागि ओली सोमवार नै झापा गएका थिए । मनोनयन दर्ताअघि उनले जेन–जी आन्दोलनका क्रममा क्षति भएका संरचनाहरूको अवलोकनसमेत गरे ।
झापा–५ ओलीको गृह क्षेत्र हो । जहाँ उनले यसअघिका निर्वाचनहरूमा लगातार विजय हासिल गरेका छन् । यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साहले पनि मनोनयन दर्ता गराएका छन् ।
आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा झापा–५ उच्च चर्चामा रहेको क्षेत्र बनेको छ ।
२०८२ माघ ६ गते
प्रतिक्रिया
सम्बन्धित








