कञ्चनपुर-३ मा रमेश लेखकको टिकट खोसियो, हरि बोहरा मैदानमा

काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा  निर्वाचनका लागि कञ्चनपुर क्षेत्र नम्बर ३ मा पूर्वगृहमन्त्री एवं प्रभावशाली नेता रमेश लेखकलाई उम्मेदवार नबनाउने भएको छ । कांग्रेस संसदीय बोर्डले लेखकको स्थानमा यसपटक हरि बोहरालाई चुनावी मैदानमा उतार्ने निर्णय गरेको हो ।

२०७९ सालको आम निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित लेखक यसपटक पनि स्वभाविक दाबेदार मानिएका थिए । तर, पार्टीको पछिल्लो निर्णयले उनलाई चुनावी प्रतिस्पर्धाबाट बाहिर राखेको छ । निवर्तमान केन्द्रीय सदस्यसमेत रहेका लेखक ‘जेनजी’ आन्दोलनका बखत मुलुकको गृहमन्त्रीको जिम्मेवारीमा थिए ।

पार्टीबाट टिकट पाएको पुष्टि गर्दै उम्मेदवार हरि बोहराले आफू कञ्चनपुर-३ बाट निर्वाचन लड्ने तयारीमा जुटेको बताएका छन् । उनले सञ्चारकर्मीसँग भने, ‘पार्टी नेतृत्वले मलाई विश्वास गरेर उम्मेदवार बनाएको छ, म आधिकारिक रूपमा चुनावी मैदानमा होमिएको छु ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =