बालेनले फेसबुकमा ‘झापा-५’ लेख्दा ६ मिनेटमै ११ हजार प्रतिक्रिया !

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरबाट राजिनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट झापा-५ का उम्मेदवार बनेका बालेन शाह झापा पुगेका छन् । उनले आफू निर्वाचन क्षेत्र पुगेको जानकारी गराउँदा राम्रो प्रतिक्रिया पाएका छन् । मंगलबार बिहान उनले सामाजिक सञ्जाल फेसबुकमा ‘झापा-५’ लेखेर संक्षिप्त पोस्ट गर्दा राम्रो प्रतिक्रिया पाएका हुन् ।

बालेनले उक्त पोस्ट गरेको ६ मिनेट नबित्दै ११ हजारभन्दा बढी सर्वसाधारणले प्रतिक्रिया (कमेन्ट) दिएका छन् भने २४ हजारभन्दा बढीले ‘लाइक’ गरेका छन् ।  झापा-५, जुन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गढ मानिन्छ, त्यहाँ बालेनको उम्मेदवारीले निर्वाचनलाई थप रोचक र चुनौतीपूर्ण बनाउने देखिएको छ ।

फागुन २१ गते हुने उपनिर्वाचनका लागि आज मंगलबार मनोनयन दर्ताको तालिका रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार बालेन शाहले बिहान ११ बजे आफ्नो उम्मेदवारी दर्ता गर्ने समय पाएका छन् ।

  • बालेन शाह (रास्वपा): बिहान ११ बजे

  • रञ्जित तामाङ (नेकपा): दिउँसो १२:३० बजे

  • केपी शर्मा ओली (नेकपा एमाले): दिउँसो १ बजे

  • नेपाली कांग्रेसका उम्मेदवार: दिउँसो २ बजे

  • अन्य स्वतन्त्र उम्मेदवारहरू: अपराह्न ४ बजेपछि

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − seventeen =