पश्चिम नवलपरासी-१ मा उद्योगपति चौधरी बने उम्मेदवार

काठमाडौं ।  नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा चुनावका लागि पश्चिम नवलपरासीका दुवै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको नाम टुङ्गो लगाएको छ । क्षेत्र नम्बर १ मा उद्योगपति एवं निवर्तमान वर्तमान सांसद बिनोद चौधरी र क्षेत्र नम्बर २ मा नेता देवेन्द्रराज कँडेलले चुनावी टिकट पाएका छन् ।

प्रतिनिधि सभा निर्वाचन २०७९ मा सोही क्षेत्रबाट निर्वाचित भएका उद्योगपति बिनोद चौधरीलाई कांग्रेसले पुनः उम्मेदवार बनाएको छ । तथापि, यसपटक चौधरीको चुनावी यात्रामा आन्तरिक असन्तुष्टिले केही चुनौती थप्ने देखिएको छ । कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल यस क्षेत्रबाट टिकटका प्रबल दाबेदार थिए । तर पार्टीले पुनः चौधरीलाई नै प्राथमिकता दिएपछि असन्तुष्ट बनेका खनाल हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् । 

त्यसैगरी, क्षेत्र नम्बर २ मा कांग्रेसले अनुभवी नेता देवेन्द्रराज कँडेललाई नै मैदानमा उतार्ने निर्णय गरेको छ । कँडेल गत निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ध्रुवबहादुर प्रधानसँग पराजित भएका थिए । यसपटक विगतको हारलाई जितमा बदल्ने र आफ्नो पकड पुनः कायम गर्ने चुनौती कँडेलसामु रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fifteen =