अब ‘जनता जान्न चाहन्छन्’मा देखिने छैनन् ऋषि धमला

काठमाडौं । प्राइम टेलिभिजनका पत्रकार ऋषि धमला पनि चुनाव लड्ने भएका छन् । धमलाले ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा रौतहटबाट चुनाव लड्न जाने घोषणा गरेका हुन् ।

धमलाले सोमबार रातिको कार्यक्रममार्फत आफूले जनता जान्न चाहन्छन् कार्यक्रम नचलाउने र आफ्नो सट्टामा कार्यक्रम ऋषि थपलियाले चलाउने जानकारी दिए ।

धमलाले भने, ‘आज म भन्न चाहन्छु। जनता जान्न चाहन्छन् कार्यक्रम भोलिबाट हाम्रै सहकर्मी मित्र ऋषि थपलियालाई हस्तान्तरण गर्न जाँदैछु। तर म यो कार्यक्रममा आफ्नो कुरा राख्नेछु, उहाँलाई समर्थन र सहयोग गर्नेछु। जनता जान्न चाहन्छन् कार्यक्रमलाई नम्बर वान बनाउन उहाँलाई जहिले पनि साथ दिनेछ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × three =