गुल्मी–१ बाट चन्द्र भण्डारी बने कांग्रेस उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारी पुनः गुल्मी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने भएका छन् ।

कांग्रेस संसदीय बोर्डले भण्डारीलाई गुल्मी–१ बाट उम्मेदवार बनाउने निर्णय गरेको हो । यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा भण्डारीले यही क्षेत्रबाट नेकपा एमालेका नेता प्रदीप ज्ञवालीलाई पराजित गरेका थिए ।

यसपटक पनि गुल्मी–१ मा भण्डारीको मुख्य प्रतिस्पर्धा एमाले नेता ज्ञवाली र स्वतन्त्र उम्मेदवार सागर ढकालसँग हुने देखिएको छ । तीन नेताबीचको प्रतिस्पर्धाले गुल्मी–१ को चुनावी माहोल फेरि रोचक बन्ने संकेत देखिएको छ ।

यस्तै कांग्रेसले गुल्मी क्षेत्र नम्बर २ बाट भुवन श्रेष्ठलाई उम्मेदवार बनाएको छ । श्रेष्ठ यसअघि रेसुङ्गा नगरपालिकाको मेयर भइसकेका छन् ।

उक्त क्षेत्रमा नेकपा एमालेबाट गोकर्ण विष्ट उम्मेदवार बन्ने तय भएको छ । कांग्रेस र एमालेका प्रभावशाली नेताहरू आमनेसामने हुने भएपछि गुल्मी–२ मा पनि कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + ten =