गगनको हातबाट टिकट लिएर पूर्णबहादुर खड्का चुनाव नलड्ने

काठमाडौं । नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्का आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन् । पार्टीभित्र विकसित पछिल्लो घटनाक्रमका कारण उनी २१ फागुनमा हुने निर्वाचनमा उम्मेदवारी दर्ता नगर्ने भएका हुन् ।

निवर्तमान कार्यवाहक सभापति खड्का सुर्खेत–१ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार सिफारिसमा परेका थिए । उनी निकट स्रोतले खड्काले निर्वाचन नलड्ने पुष्टि गर्यो ।

‘पूर्ण दाइ चुनाव नलड्नहुन्छ । तर, चुनाव प्रचार–प्रसारका लागि देशभर जानुहुन्छ र पार्टीलाई जिताउन लाग्नुहुन्छ,’ एक निकट नेताले भने ।

खड्काले सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको नतिजा जुनसुकै भए पनि पार्टीलाई एकढिक्का बनाउन आफ्नो निकट नेताहरूसँग तयारीमा रहेको बताएका छन् ।

‘अदालतको निर्णय गगनजीको पक्षमा आए सबैलाई मिलाएर पार्टीलाई एकढिक्का राख्ने, संस्थापनको पक्षमा आयो भने गगनजीहरूलाई पनि मिलाएर पार्टी एकढिक्का बनाउने,’ ती नेताले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − four =