महेश बस्नेतसँग चुनाव लड्दै रास्वपाका राजीब खत्री

काठमाडौं । भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीब खत्री उम्मेदवार बन्ने करिब टुंगो लागेको छ ।

रास्वपाका एक नेताका अनुसार पार्टीले खत्रीलाई भक्तपुर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिने निर्णय गरेको हो । पूर्व पत्रकार खत्री केही समयअघि मात्रै रास्वपामा प्रवेश गरेका थिए ।

यसै क्षेत्रमा नेकपा एमालेका सचिव महेश बस्नेत उम्मेदवार रहेका छन् । खत्री र बस्नेतबीच भक्तपुर–२ मा कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

यस्तै रास्वपाले काठमाडौं क्षेत्र नम्बर १० मा पनि उम्मेदवार टुंगो लगाएको छ । सो क्षेत्रमा प्रदीप विष्टलाई उम्मेदवार बनाइएको छ । विष्ट यसअघि पनि रास्वपाबाट उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − nine =