विष्णु पौडेल रुपन्देही–२ बाटै उम्मेदवार हुने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाटै उम्मेदवार हुने भएका छन् ।

शनिबार बसेको एमाले सचिवालय बैठकले उनलाई पाल्पा–२ बाट उम्मेदवार बनाउने निर्णय गरे पनि उक्त निर्णय परिवर्तन भएको हो ।

नेता खिमलाल भट्टराईले पौडेल रुपन्देही–२ बाट उम्मेदवारी दिने पुष्टि गरेका छन् । ‘अब विष्णु पौडेल रुपन्देही–२ बाट उम्मेदवार हुनुहुनेछ’ उनले भने ।

गत निर्वाचनमा पनि पौडेल यही क्षेत्रबाट निर्वाचित भएका थिए । एमाले उपाध्यक्ष पौडेलले विसं २०५१ सालमा पाल्पाबाट संसदीय यात्रा सुरु गरेका हुन् । त्यसपछि २०५६ सालदेखि रुपन्देहीबाट लगातार निर्वाचनमा प्रतिस्पर्धा गर्दै आएका छन् ।

यसपटक पनि उनी सोही क्षेत्रबाट चुनाव लड्ने भएका छन् । पौडेल हालसम्म आठ पटक मन्त्री भइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =