प्रमुख साहको राजीनामाबारे काठमाडौं नगर कार्यपालिकालाई जानकारी गराइयो
२०८२ माघ ४ गते

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पदबाट दिएको राजीनामाबारे कार्यपालिका बैठकमा जानकारी गराइएको छ ।
आईतवार बसेको नगर कार्यपालिका बैठकमा उपप्रमुख सुनिता डंगोलले साहले महानगर प्रमुखको पदबाट राजीनामा दिएको जानकारी गराएकी हुन् ।
कार्यपालिका बैठकमा उनले महानगरको विकास र सुशासनको क्षेत्रमा दिएको योगदानका लागि धन्यावाद ज्ञापनको प्रश्ताव समेत पेश गरिन् । नगर कार्यपालिका बैठकले शाहप्रति धन्यवाद ज्ञापन गर्ने प्रश्ताव पारित गरेको छ ।
प्रमुख साहले पदबाट राजीनामा दिएपछि कार्यवाहक प्रमुखको हैसियतले डंगोलले नगर कार्यपालिकाको बैठक आह्वान गरेकी हुन् ।
२०८२ माघ ४ गते
प्रतिक्रिया
सम्बन्धित









