पर्याप्त ऊर्जा बिना विकास सम्भव छैन : उपराष्ट्रपति यादव

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्याप्त ऊर्जा बिना विकास सम्भव नरहेको बताए । २६ औं इप्पान दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले ऊर्जा आत्मनिर्भरता नेपालको आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय भएको बताए । उनले ऊर्जा क्षेत्रलाई सबल बनाउनु सबैको साझा जिम्मेवारी भएको बताए । पर्याप्त र सस्तो ऊर्जा उपलब्ध भए उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रहरूमा तीव्र विकास सम्भव रहेको बताए । उनले पर्याप्त र सस्तो ऊर्जाले रोजगारी सिर्जना, आर्थिक समृद्धि सुनिश्चित गर्दै मुलुकलाई समुन्नत विकासतर्फ अघि बढाउने बताए ।

ग्रामीण तथा दुर्गम क्षेत्रमा ऊर्जा विस्तार गर्नु भनेको सामाजिक न्याय र समान अवसर सुनिश्चित गर्नु रहेको उनले बताए । उपराष्ट्रपति यादवले नेपालले नवीकरणीय ऊर्जामा लगानी बढाएर क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भूमिका खेल्न सक्ने र भारत, बंगलादेश लगायतका छिमेकी मुलुकहरूलाई ऊर्जा निर्यात गरेर नेपालले आर्थिक लाभ मात्र नभई कूटनीतिक सम्बन्ध पनि सफल बनाउने दाबी गरे ।

उनले भने , ‘ऊर्जा आत्मनिर्भरता नेपालको आर्थिक स्वतन्त्रता र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष जोडिएको विषय हो । पर्याप्त ऊर्जा बिना विकास सम्भव छैन । त्यसैले ऊर्जा क्षेत्रलाई सबल बनाउनु हाम्रो साझा जिम्मेवारी हो । पर्याप्त र सस्तो ऊर्जा उपलब्ध भए उद्योग, कृषि, पर्यटन, सूचना प्रविधि लगायतका क्षेत्रहरूमा तीव्र विकास सम्भव हुन्छ । यसले रोजगारी सिर्जना, आर्थिक समृद्धि सुनिश्चित गर्दै मुलुकलाई समुन्नत विकासतर्फ अघि बढाउँछ । नवीकरणीय ऊर्जाको विस्तारले कार्बन उत्सर्जन घटाउँछ । वातावरणीय सन्तुलन कायम राख्छ र जलवायु परिवर्तनका चुनौतीहरू सामना गर्न मद्दत पुग्छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा ऊर्जा विस्तार गर्नु भनेको सामाजिक न्याय, समान अवसर सुनिश्चित गर्नु हो । नेपालले नवीकरणीय ऊर्जामा लगानी बढाएर क्षेत्रीय ऊर्जा व्यापारमा अग्रणी भूमिका खेल्न सक्छ । भारत, बंगलादेश लगायतका छिमेकी मुलुकहरूलाई ऊर्जा निर्यात गरेर नेपालले आर्थिक लाभ मात्र होइन, कूटनीतिक सम्बन्ध पनि सफल बनाउन सक्छ ।’

उपराष्ट्रपति यादवले निजी क्षेत्रलाई ऊर्जा उत्पादनमा सहभागी गराएर राष्ट्रिय विकासलाई गतिशील बनाउन आवश्यक रहेको बताए । नेपाल जलविद्युत् तथा नवीकरणीय ऊर्जामा धनी देश भएको उल्लेख गर्दै यसको सदुपयोग गरी ऊर्जा आयातमा निर्भरता घटाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =