देशभर पश्चिमी वायुको प्रभाव, यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना

काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण आज देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागको मौसममा बदलाव आउने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको आंशिक प्रभावले कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च भेगमा हल्का वर्षा र हिमपातको सम्भावना देखिएको हो ।

महाशाखाले आज जारी गरेको बुलेटिनअनुसार, हाल कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ । यस्तै, मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा तुवाँलो लागेको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली हुनेछ । विशेषगरी कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासहित हिमपात हुनसक्ने महाशाखाले जनाएको छ ।

तराईका जिल्लाहरूमा भने आज पनि हुस्सु र कुहिरोको प्रभाव रहनेछ । दिउँसो र राति नै तराईका केही स्थानमा लाग्ने हुस्सुले जनजीवन सामान्य प्रभावित हुन सक्ने भन्दै सचेत रहन आग्रह गरिएको  छ। रातिको समयमा देशका उच्च पहाडी र हिमाली भेगमा आंशिक बदली रहे पनि अन्य स्थानको मौसम भने सफा रहने पूर्वानुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × five =