गगन–विश्व समूहका नेता कार्यकर्ताहरूले मनाउन थाले विजयोत्सव
२०८२ माघ २ गते

काठमाडौं । निर्वाचन आयोगले विशेष महाधिवेशनलाई वैधानिकता दिएपछि गगन–विश्व समूहका नेता–कार्यकर्ताहरू विजयोत्सव मनाउन थालेका छन् ।
आयोगले भदौ २७–३० मा सम्पन्न पार्टीको विशेष महाधिवेशनलाई वैधानिकता ठहर गर्दै पदाधिकारी विवरण अद्यावधिक गर्ने निर्णय गरेपछि यो समूहका नेता–कार्यकर्ताहरूले आयोग अगाडि विजयोत्सव मनाउन थालेका हुन् । आयोग परिसर बाहिर यो समूहले खुसीयाली मनाइरहँदा शेरबहादुर देउवा पक्ष भने विरोधमा उत्रिएको छ ।
अब पार्टीका गतिविधिहरूमा सभापतिको रूपमा गगन थापाले गर्ने निर्णय र कामकारबाही नै आधिकारिक मानिनेछ । योसँगै शेरबहादुर देउवाले नेतृत्व गरेको पुरानो कार्यसमिति पनि स्वतः अमान्य भएको छ ।
२०८२ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित









