कांग्रेसको रुख कसको ? आजै टुंग्याउँदै निर्वाचन आयोग

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवादमा निर्वाचन आयोगले आजै निर्णायक कदम चाल्ने तयारी गरेको छ ।

आयोगको बैठक बसेर दुवै पक्ष शेरबहादुर देउवा नेतृत्वको संस्थापन पक्ष र गगन थापा नेतृत्वको विशेष महाधिवेशन पक्षका कागजात तथा दाबीहरू गहन अध्ययन गरेको छ ।

आयोग स्रोतका अनुसार आज रातिसम्मै निर्णय टुंग्याउने दबाबमा आयोग रहेको छ । आगामी प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता माघ ६ गते र अन्तिम नामावली प्रकाशन माघ ९ गते तोकिएकोले विवाद छिटो निरुपण नगरे निर्वाचन प्रक्रिया प्रभावित हुने देखिएको छ ।

यसैबीच, यदि आधिकारिकता नपाउने पक्षलाई नयाँ दल दर्ता गरी चुनाव चिह्न रोज्न समय दिनुपर्ने भएकाले पनि आयोगले तत्काल निर्णय लिनुपर्ने बाध्यता रहेको बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =