महालक्ष्मी विकास बैंकले सुरु गर्‍यो ‘महालक्ष्मी माघ महोत्सव’ : डिजिटल कारोबारमा सुविधै सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले माघ महिनालाई डिजिटल प्रवद्र्धन महिनाको रूपमा मनाउँदै विशेष सेवा र सुविधाहरू सहितको ‘महालक्ष्मी माघ महोत्सव’ सुरु गरेको छ । ग्राहकलाई आधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले बैंकले अभियान सुरु गरेको हो ।

बैंकको कुल दैनिक कारोबारमा डिजिटल माध्यमको हिस्सा औसत ८० प्रतिशतभन्दा बढी पुगिसकेको अवस्थामा यसलाई थप प्रभावकारी बनाउन बैंकले नयाँ योजनाहरू ल्याएको छ । यस महोत्सवअन्तर्गत ग्राहकले बैंकको मोबाइल एप ‘महालक्ष्मी स्मार्ट साथी’ मार्फत मुद्दती खाता खोल्दा व्यक्तिगत मुद्दतीमा खाइपाइ आएको ब्याजदरमा थप ०.२५ प्रतिशत ब्याज प्राप्त गर्ने बैंकले जनाएको छ । यस्तो ब्याजदर नेपाल राष्ट्र बैंकको नियमनभित्रै रहेर प्रदान गरिनेछ ।

महोत्सवलाई थप उत्साहजनक बनाउन बैंकले क्रेडिट कार्ड जारी गर्दा लाग्ने शुल्क र वार्षिक शुल्कमा शतप्रतिशत छुटको व्यवस्था गरेको छ । यस्तै, डेबिट कार्ड जारी गर्दा र मोबाइल बैंकिङ दर्ता गर्दा समेत ग्राहकले शतप्रतिशत छुट पाउने बैंकले ले जनाएको छ । डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न ग्राहकले मोबाइल एपमार्फत फार्मेसीको बिल भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम २०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्नेछन् । डिजिटल भुक्तानीको सूचना आवाजमार्फत दिने ‘कोइली’ उपकरण दर्ता गर्दा समेत ग्राहकलाई कुनै शुल्क लाग्ने छैन ।

अभियान माघ महिनाभर लागु हुनेछ । यस किसिमको अभियानले बैंकिङ सेवामा पहुँच बढाउन, डिजिटल सेवाको विस्तार गर्न र बैंकमै उपस्थित हुनुपर्ने बाध्यतालाई न्यूनीकरण गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । साथै, नगद कारोबारको सीमा घट्दै जाँदा यसले डिजिटल अर्थतन्त्र निर्माणमा समेत सहयोग पुग्नेछ ।

‘सबल बैंक, सफल सहकार्य’ को नारासहित नेपाली जनताको घरदैलोमा गुणस्तरीय वित्तीय सेवा पुर्याउँदै आएको यस बैंकका देशभर १०३ शाखा कार्यालय र करिब ८ लाखभन्दा बढी ग्राहक रहेका छन् । बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा भारतीय नागरिकले भीम यूपीआई, फोनपे र गुगलपे जस्ता भुक्तानी सेवामार्फत बैंकको क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने व्यवस्था समेत मिलाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + four =