नेपाली कांग्रेसले सानेपामा बोलायो पत्रकार सम्मेलन
२०८२ माघ २ गते

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
दिउँसो दुई बजे केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सम्मेलनमा पार्टीका केन्द्रीय नेताहरुको उपस्थिति रहनेछ ।
२०८२ माघ २ गते
प्रतिक्रिया
सम्बन्धित









