कांग्रेस नेताहरु भन्छन्ः अबको युग गगन थापाको हो

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सहमहामन्त्री डिला संग्रौलाले नेपालको नेतृत्व अब सभापति गगन थापाले गर्ने बताएकी छन् ।

थापा नेतृत्वको केन्द्रिय कार्य समितिको बैठकमा भाग लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले अबको युग गगन थापाको भएको बताएकी हुन् । उनले देश चलाउनको लागी नयाँ सोच, विचार र एजेण्डा चाहिने बताइन् ।

त्यो आशा र भरोसा जगाउनसक्ने सभापति भनेको गगन थापा मात्रै रहेको उनको भनाई छ । जनताका अपेक्षालाई पूरा गर्न आफूहरु प्रतिवद्ध रहेको उनले बताइन् ।

सहमहामन्त्री बहादुर सिंह लामाले जेन–जीको आन्दोलनले नयाँ रुपान्तरण खोजेकोले सोही अनुसार आफूहरु अगाडी बढेको बताए ।

एउटै अनुहार देखेर जनता वाक्क भइसकेको उनको भनाई छ । उनले आगामी निर्वाचनमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने लगायतका एजेण्डा लिएर जनताको जाने बताए ।

उनले विगतका कमीकमजोरीलाई सुधार गर्दै अगाडी बढ्ने उल्लेख गरे । विशेष महाधिवेशनले जनताको र युवाको मन छुने, रोजगारी सिर्जना हुने, सुशासनका विधि लगायतका स्पष्ट निति पारित गरेकोले सोही नीतिअनुसार अगाडी बढ्ने उनले जानकारी दिए ।

सहमहामन्त्री उदय शमशेर राणाले आगामी निर्वाचनमा पार्टीले भाग लिने बताए । उनले चुनावको अगाडी अन्यौल सिर्जना गर्न खोजेको नभई सबै नयाँ जोश जाँगर लिएर आएको बताए ।

निर्वाचनको लागि ६ गते उम्मेद्वारी दर्ता गर्नुपर्ने भएकोले त्यसको लागि पार्टीले विभिन्न निर्णय गर्ने जानकारी दिए ।

बैठकले घोषणापत्र तयार गर्ने, निर्वाचन परिचालन समिति गठन गर्ने लगायतका विभिन्न समितिहरु बनाउने बताए ।

गगन थापा नेतृत्वको नेपाली काँग्रेसको पहिलो केन्द्रिय समितिको बैठक बिहीवार ललितपुरको कुपण्डोलमा बसिररहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − one =