कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । लगातार उकालो लाग्दै ऐतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्यमा बिहीबार सामान्य गिरावट आएको छ । नेपाली बजारमा पहेँलो धातुको अनियन्त्रित गतिमा बिहीबार ‘ब्रेक’ लागेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको पाँचौं दिन सुनको मूल्य तोलामा १ हजार ५ सय रुपैयाँले सस्तिएको छ । यो गिरावटसँगै बजारमा छापावाल सुनको कारोबार मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

यसअघि बुधबार सुनको मूल्यले इतिहास रच्दै हालसम्मकै उच्च विन्दु छोएको थियो । सो दिन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भएको सुन बिहीबार भने केही सस्तिएर २ लाख ७६ हजारको हाराहारीमा आइपुगेको हो ।

सुन मात्र नभई बिहीबार चाँदीको भाउ पनि ओरालो लागेको छ । महासंघका अनुसार बुधबार प्रतितोला ५ हजार ६ सय ५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार घटेर ५ हजार ४ सय ८५ रुपैयाँमा सीमित भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =