भृकुटीमण्डपमा कार्यकर्ताको नाराबाजीः ‘सानेपा खाली गर, गगन दाइ आउँदैछन्’
२०८२ पुस ३० गते

फाइल तस्बिर
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहेको भृकुटीमण्डपमा कार्यकर्ताहरूले संस्थापन पक्षविरुद्ध नाराबाजी गरेका छन् ।
संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरेपछि हलको माहोल निकै तातिएको छ ।
आक्रोशित तथा उत्साहित कार्यकर्ताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यालय सानेपा खाली गर्न चेतावनी दिँदै ‘सानेपा खाली गर, गगन दाइ आउँदैछन्’ भन्ने नारा लगाएका छन् ।
विशेष महाधिवेशनमा सभापति पदमा गगन थापाको उम्मेदवारी दर्ता भएको जानकारीपछि कार्यकर्ताहरूले अबको नेतृत्व गगन थापा नै हुने र सानेपामा पुरानो नेतृत्वको युग सकिएको सन्देशसहित नारा लगाएका हुन् ।
विशेष महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनको निर्वाचन प्रक्रिया सुरु भएसँगै हलमा नाराबाजी लागिरहेको छ ।
२०८२ पुस ३० गते
प्रतिक्रिया
सम्बन्धित









