गगन थापाः पार्टीबाट निष्कासन गर्न तिमीहरुको प्राइभेट कम्पनी हो र ?

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवा नेतृत्वमा रहेको केन्द्रिय कार्य समिति भंग भइसकेको बताएका छन् ।

बुधवार काठमाडौंस्थित विशेष महाधिवेशनस्थलमा सम्बोधन गर्दै उनले आफूहरु नयाँ कार्य समिति चयन गर्ने क्रममा रहेको बताए । उनले विशेष महाधिवेशनबारे समयमै निर्वाचन आयोगलाई जानकारी गराइसकेको पनि बताए ।

उनले काँग्रेसको केन्द्रिय कार्य समितिको बैठकले आफूहरुलाई निष्कासन गरेको सुनेको भन्दै काँग्रेस कसैको निजी कम्पनी नभएको टिप्पणी गरे । ‘अहिले समाचार सुनेँ । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिको बैठकले दुई जना महामन्त्री र एक जना सहमहामन्त्रीलाई निकाल्यो । तपाईंहरुको प्राइभेट कम्पनी हो निकाल्नलाई ?’ उनले भने ।

उनले वास्तविक नेपाली काँग्रेस आफूहरु भएको दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =