सहमहामन्त्री फरमुल्ला मन्सुर पनि कांग्रेसबाट निष्कासित

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँगै सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पनि ५ वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

सहमहामन्त्री मन्सुर यसअघि सभापति शेरबहादुर देउवा निकट मानिन्थे । तर, विशेष महाधिवेशनको माग चर्किएसँगै उनी महामन्त्री थापा र शर्माको समूहमा उभिएका थिए ।

पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आह्वान गरेको आरोपमा उनीमाथि पनि कारबाहीको सिफारिस गरिएको थियो ।

केन्द्रीय कार्यसमितिको बैठकमा संस्थापन पक्षका अधिकांश सदस्यहरू उपस्थित थिए भने विशेष महाधिवेशन पक्षधरका नेताहरू अनुपस्थित रहेका थिए ।

बैठकले महामन्त्रीद्वय थापा र शर्मालाई पार्टी निर्णय उल्लंघन गरेको भन्दै ५ वर्ष निष्कासन गर्ने निर्णयलाई सर्वसम्मतिले पारित गरेको हो । सहमहामन्त्री मन्सुरलाई पनि सोही आधारमा कारबाही गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 3 =