कांग्रेसमा फुटको संकटः खड्काले भने– महामन्त्रीहरूले धोका दिए

काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै जाँदा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महामन्त्रीहरूले पार्टीमा धोका दिएको आरोप लगाएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले महामन्त्रीहरूले कामकारबाही नगरी विशेष महाधिवेशनको बाटो रोजेको बताए ।

‘पुसमा नियमित महाधिवेशन गर्ने विषयमा मैले महामन्त्रीहरूसँग सल्लाह गरेकै हो । सहमतिअनुसार नै तालिका ल्याएँ, काम गर्दागर्दै भ्याइएन,’ खड्काले भने, ’तर महामन्त्रीहरूले सल्लाह नै नगरेको जसरी धोका दिनुभयो । काम नहुनुमा आफ्नो कुनै दोष नभएजस्तो गरी विशेष महाधिवेशनमा लाग्नुभयो । यसले पार्टीलाई विभाजनतर्फ धकेलेको छ ।’

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार खड्काले पार्टी अब फुटको नजिक पुगेको स्पष्ट बताए । ‘अब पार्टी फुटमा जाने करिब निश्चित छ,’ उनले बैठकमा भनेका थिए ।

खड्काले महामन्त्रीहरूले प्रधानमन्त्रीको उम्मेदवार घोषणा, सभापतिको राजनीतिक सन्यास र निर्वाचन हाइकमान्ड गठन जस्ता प्रस्ताव अघि सारेको तर ती विषयमा कुनै सहमति नमिलेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − five =