चाकु र पुष्टकारीको मूल्य नपाएको गुनासो

काठमाडौँ । माघे संक्रान्ति नेपालीहरूको घरआँगनमा आएसँगै यतिबेला चाकु, पुष्टकारी खुवासहितका स्थानीय रैथाने मिठाइहरूको माग ह्वात्तै बढेको छ ।

माग बढेसँगै माघे संक्रान्तिलाई लक्षित गरेर अहिले चाकुसहित त्यस्ता मिठाइहरू बनाउन भ्याइ नभ्याई छ । चाकु, पुष्टकारीसहितका मिठाइहरू अरू बेलामा पनि उत्पादन हुने गरेपनि खासगरी माघेसंक्रान्तिमा धेरै मागसँगै विक्री हुने गरेको छ ।

माग बढ्दा उद्योगी व्यवसायीहरूलाई चाकु, पुष्टकारी सहितका मिठाइहरू बनाउन भ्याइनभ्याइ छ । खासगरी काठमाडौँको टोखास्थित न्हुछे टोेखा चाकु उद्योगका सञ्चालक राजकाजी श्रेष्ठले टोखा क्षेत्रमा अहिले चाकुसहितका यस्ता मिठाइ बनाउन भ्याइ नभ्याई रहेको बताए ।

उत्पादन गरेका मिठाइहरू राजधानीसहित देश विदेशसम्मै विक्री हुने गरेको उद्योगी श्रेष्ठ बताउँछन् । टोखा चाकु उद्योगका सञ्चालक श्रेष्ठ चाकु पुष्टकारीहरूको माग अत्यधिक रहेको र धान्न कठिन भइरहेको बताउँछन् ।

टोखा चाकु उद्योगका सञ्चालक श्रेष्ठले भने ‘चाकु उत्पादन पोहोर सालभन्दा बढी उत्पादन गरिरहेका छौँ । प्रत्येक वर्ष उत्पादन बढिरहेको छ । ५० किलोको ७–८ सय बोरा उत्पादन गरियो । बाउ बाजेको पालादेखि चाकु उत्पादन गर्ने गरिएको थियो । खुबा चाकुलाई धेरै रुचाउने गरिएको छ । राम्रो सफा सख्खरबाट बनाएकाले चाकुसहित पुष्टकारीहरू पनि रुचाउने गरेका छन् । उत्पादित चाकु विदेशतिर पनि जाने गरेको छ । चाकु किलोको १५० रुपैयाँ सम्ममा बेच्ने गरिएको छ । चाकुको व्यापार माघमा मात्रै नभई अरू बेला पनि हुने गरेको छ । यद्यपि बर्सभरिमा माघलाई धेरै लक्षित गरेर चाकु उत्पादन गर्ने गरिएको छ । मागअनुसार उत्पादन गर्न गाह्रो परिरहेको छ । स्थानीय उत्पादन खुवा, चाकुलाई सरकारले खासै वास्ता गरेको छैन । मौलिक हिसाबले बनाइएको छ । चाकु पहिले हातले बनाउने गरेकोमा अहिले हात–मेसिन दुवैबाट बनाइने गरिएको छ ।’

महर्जनका अनुसार चाकु बनाउँदै गर्दा बजारमा राम्रो मूल्य पाउन भने सकेको छैन । सख्खर पोहोर साल भन्दा बोरोमा ७÷८ सय बढेर आएको छ । यसले उद्योगहरूलाई फाइदा छैन । उखु खेती गर्ने किसानहरूलाई राम्रो फाइदा भएको उनी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + fourteen =