यात्रुले आपत्कालीन ढोका खोल्दा उडान ढिला
२०८२ पुस ३० गते

काठमाडौँ । आज भैरहवाबाट काठमाडौँका लागि उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको उडान नं. 852 (जहाज 9N-AMD) यात्रु सुमन गौतमले अनधिकृत रूपमा आपत्कालीन ढोका (Emergency Door) खोलेका कारण उक्त उडान ढिलो हुन गएको बुद्ध एयरले जानकारी दिएको छ ।
उक्त कार्यमा संलग्न यात्रुलाई तत्कालै विमानस्थल सुरक्षाकर्मीको जिम्मा लगाइएको छ ।
हवाई सुरक्षा मापदण्ड अनुसार, जहाजको विस्तृत प्राविधिक परीक्षणका लागि काठमाडौँबाट प्राविधिक टोली भैरहवा प्रस्थान गरिसकेको छ । पूर्ण परीक्षण र सुरक्षा सुनिश्चित भएपछि मात्र जहाजले उडान भर्ने बताइएको छ ।
नागरिक उड्डयन प्राधिकरणको नियम अनुसार विमानको आपत्कालीन ढोका बिना कारण खोल्नु गम्भीर कानुनी अपराध हो । यसबाट यात्रुवर्गमा पर्न गएको असुविधाप्रति बुद्ध एयरले क्षमाप्रार्थी रहेको जनाएको छ ।
२०८२ पुस ३० गते
प्रतिक्रिया
सम्बन्धित









