सुनको मूल्य प्रतितोला सुन २ लाख ७८ हजार पुग्यो

काठमाडौं । नेपाली बजारमा बहुमूल्य धातु सुन र चाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड कायम गर्ने क्रम आज (बुधबार) पनि जारी रहेको छ । पछिल्ला केही दिनदेखि निरन्तर उकालो लागिरहेको सुन र चाँदीको भाउले आज ऐतिहासिक उचाइ छोएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १ हजार ५ सय रुपैयाँले वृद्धि भएको छ । नयाँ दर निर्धारण भएसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो उछाल आएको छ । बुधबार चाँदी प्रतितोला ३१५ रुपैयाँले महँगिएर ५ हजार ६५५ रुपैयाँ पुगेको छ । मंगलबार चाँदीको प्रतितोला मूल्य ५ हजार ३४० रुपैयाँ रहेको थियो । एकैदिन चाँदीको मूल्यमा भएको यो वृद्धि पछिल्लो समयकै उच्च मानिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =