देउवा नेतृत्व छोड्न तयार नभएपछि कांग्रेस विशेष महाधिवेशन निर्वाचनतर्फ

काठमाडौं । नेपाली काँग्रेसको विशेष महाधिवेशन पक्षधर सभापति शेर बहादुर देउवाले नेतृत्व छोड्न तयार नभए निर्वाचनमार्फत पार्टीको नीति र नेतृत्व परिवर्तन गरिने स्पष्ट पारेको छ ।

मंगलवार साँझ विषेश महाधिवेशनस्थलस्थित मिडिया सेन्टरमा पत्रकार सम्मेलनको आयोजना गर्दै विशेष महाधिवेशन पक्षधरहरुले मंगलवार राति पनि सहमति नजुटे निर्वाचनमार्फत नेतृत्व चयन गरिने स्पष्ट पारेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विषेश महाधिवेशन प्रचारप्रसार समितिका संयोजक सुवास पोखरेलले पार्टीको संस्थापन पक्ष विषेश महाधिवेशनको अपनत्व लिन तयार भएको भएपनि सभापति देउवा नेतृत्व छोड्न तयार नभएको उल्लेख गर्दै सो कुरा आफूहरुको लागि स्वीकार्य नरहेको बताए ।

उनले सभापति देउवाले पार्टी नेतृत्वसँगै सक्रिय राजनीतिबाट समेत बिदा लिनुपर्ने अडान राखे ।

पोखरेलले सभापति देउवाले पार्टी नेतृत्व छोडेर पार्टी र व्यक्तित्वबारे लेखनमा बाँकी जीवन व्याप्त गर्नुपर्नेमा जोड दिए ।

पार्टीको दोस्रो विशेष महाधिवेशनमा मंगलवारको बन्दसत्र सकिएको छ । महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित भएसँगै बन्दसत्र समापन गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 15 =