विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेल्योः गच्छदार

काठमाडौं । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले जारी विशेष महाधिवेशनले पार्टी विभाजनतिर धकेलिएको बताएका छन् ।

मंगलवार केन्द्रिय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफू विशेष महाधिवेशनको विरोधी नभएपनि सबैको सहमतिमा विशेष महाधिवेशन आयोजना हुनुपर्ने पक्षमा रहेको बताए ।

उनले अहिले पार्टी क्रिटिकल अवस्थामा पुगेको भन्दै संवाद गरेर विभाजन रोकिनुपर्नेमा जोड दिए । ‘विशेष अधिवेशनको म विरोधी पनि होइन । पुसमा विशेष महधिवेशन हुनुपर्छ भनेर मैले मंसिर २६ गतेको बैठकमा मैले आफ्नो धारणा राखेको थिएँ । विशेष महाधिवेशन पार्टीलाई मिलाएर गर्दा राम्रने हुन्थ्यो । तर त्यस्तो भएन । यो विशेष महाधिवेशनले पार्टीलाई संकटमा पु¥याउनु हुदैन । विभाजनमा पु¥याउनु हुँदैन, रोकिनुपर्छ’ उनले भने ।

केन्द्रीय समिति बस्ने तयारी भइरहँदा विशेष महाधिवेशनले सोमवार पारित गरेको कार्यविधिअनुसार नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यक्रम शुरु गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =