इसरोको रकेट प्रक्षेपण असफल : १६ वटा उपग्रहहरू कक्षमा पुग्न सकेनन्
२०८२ पुस २९ गते

काठमाडाैं । भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले सोमवार १६ वटा उपग्रहहरू बोकेको रकेट प्रक्षेपण गर्ने क्रममा असफलता व्यहोरेको छ । रकेटको तेस्रो चरणमा एनोमली वा प्राविधिक असामान्यता देखिएपछि यो समस्या आएको हो ।
उडानको क्रममा निर्धारित पथबाट ठूलो विचलन देखिएकाले उपग्रहहरूलाई अन्तरिक्षको कक्षमा राख्न सकिएन । इन्डिया टुडेको रिपोर्ट अनुसार इसरोका अध्यक्ष वी. नारायणनले मिसनमा प्राविधिक समस्या उत्पन्न भएको बताए । उनकाअनुसार शुरुवाती चरणहरू सामान्य रहे पनि तेस्रो चरणमा च्याम्बरको दबाब अनपेक्षित रूपमा घटेकाले आवश्यक ऊर्जा (थ्रस्ट) प्राप्त हुन सकेन ।
यसअघि इसरोले एक्स (ट्विटर) मार्फत पीएसएलभी-सी६२ मिसनको पीएस ३ चरणको अन्त्यमा समस्या देखिएको र यसको विस्तृत विश्लेषण शुरु गरिएको जानकारी दिएको थियो ।
२०८२ पुस २९ गते
प्रतिक्रिया
सम्बन्धित








