नेपाल बैंक र ओम हस्पिटल बीच विशेष छुट सम्झौता

काठमाडौँ । नेपाल बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली. बीच विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

पुस २३ गते (हिजो) बैंक र ओम हस्पिटलबीच विशेष छुट सम्झौता भएको हो ।

बैंकका अनुसार बैंकका कर्मचारी, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौँ चाबहिलमा रहेको ओम हस्पिटलमा उपचार गर्दा लाग्ने शुल्कमा विशेष छुट प्रदान गरिने छ ।

सो सम्झौता बमोजिम कर्मचारीहरू, कर्मचारीका परिवार र, बैंकमा खाता रहेका ग्राहकहरूलाई अस्पतालको विविध उपचार सेवामा लाग्ने शुल्कहरूमा बिल रकमको ५ देखि १५ प्रतिशत सम्म छुट हुने व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।

सो सम्झौता पत्रमा बैकको तर्फबाट प्रमुख वित्त अधिकृत दीपेन्द्र राज काफ्ले र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.ली. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत यम बहादुर महतले हस्ताक्षर गरे ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू तथा बैंकमा खाता रहेका ग्राहकहरू ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. ली बाट प्रदान गरिने सहुलियतपूर्ण स्वास्थ्यसेवाबाट लाभान्वित हुनेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 1 =