आई.एम.ई.लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । आई.एम.ई.लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

बिहिबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभाध्यक्षतामा काठमाडौंको धुमवाराही स्थित दियो महलमा सम्पन्न भएको हो ।

उक्त सभाले सामान्य प्रस्ताव अन्तर्गत आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०८१/०८२ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचि सहितको वित्तीय विवरण पारित गरेको छ ।

वित्तीय विवरण सँगै उक्त सभाले आ.व. २०८२/०८३ को लागि कम्पनीको वाह्य लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

सभाले कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१/०८२ को वितरण योग्य मुनाफाबाट कम्पनीको तत्काल कायम रहेको चुक्ता पूँजी को १०.५२६३२ प्रतिशत (अक्षरुपि दश दशमलव पाँच दुई छ तिन दुई प्रतिशत) का दरले हुने रकम रु. ५२,६३,१५,७८९/–(अक्षरुपि बाउन्न करोड त्रिसट्ठी लाख पन्ध्र हजार सात सय उनान्नब्बे रुपैंया मात्र) नगद नगद लाभांश (कर प्रयोजन समेतको लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

विशेष प्रस्ताव अन्तर्गत सभाले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावली अभिलेख गर्ने निकायबाट कुनै फेरबदलको निर्देशन प्राप्त भएमा सोही अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ भने सभाले आर्थिक वर्ष २०८१/०८२ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीबाट भएको खर्चहरू अनुमोदन गरेको छ ।

सभाध्यक्ष तथा सञ्चालक समितिका अध्यक्ष डा. अर्यालले सभामा बोल्दै कम्पनीको उन्नति र प्रगतिमा निरन्तर अमूल्य सुझाव र सहयोग गर्ने शेयरधनीहरु, सञ्चालक समितिका सदस्यहरू, कम्पनी प्रति बिश्वास र भरोसा गर्ने समस्त बीमितहरु, नियमनकारी निकायहरू, पुनर्बीमा कम्पनीहरू, कम्पनीका कर्मचारीहरू, मेरुदण्डकारुपमा रहेका अभिकर्ताहरू, बैंक तथा वित्तीय संस्थाहरू एवम् अन्य शुभेच्छुकहरू सबै प्रति हार्दिक कृतज्ञता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 5 =