देउवा निकट केन्द्रीय सदस्यहरूको भेलाः विशेष महाधिवेशनको मागको सम्मान गर्न अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिकट करिब ३० जना केन्द्रीय सदस्यहरूले बेग्लै भेला गरी अपिल जारी गरेका छन् ।

आम निर्वाचनअघि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका यी सदस्यहरूले संवाद र सहमतिका आधारमा पार्टी एकताबद्ध बनाउन नेतृत्वलाई आग्रह गरेका हुन् ।

भेलामा सहभागी केन्द्रीय सदस्यहरूमा राजेन्द्र केसी, भरतकुमार शाह, अर्जुनप्रसाद जोशी, पुष्पा भुसाल, कर्णबहादुर बुढा, गणेश लामा, आङगेलु शेर्पा, डिला संग्रौला, उदयशम्शेर राणा, नानु बास्तोला, धना खतिवडा, अब्दुल रज्जाक, देवेन्द्रराज कँडेल, योगेन्द्र चौधरी, गोपाल दहित, बहादुर सिंह लामा, दिलमान पाख्रिन, अब्दुल सत्तार, मोहन आचार्य, अमृत अर्याल, जिपछिरिङ लामा, रामजनम चौधरी, चम्पादेवी खड्का, नारायणबहादुर कार्की र चीनकाजी श्रेष्ठलगायत छन् ।

यी सदस्यहरूले यसअघि पनि पार्टीभित्रको विवाद समाधान गर्न सभापति देउवा, नेता शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई भेटेर ध्यानाकर्षण गराएका थिए । उनीहरूले संवादमार्फत विवाद हल गरी पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई आग्रह गरेका छन् ।

कांग्रेसभित्र संस्थापन पक्षको विरोधका बाबजुद महामन्त्रीहरूको आह्वानमा यही पुस २७ र २८ गते विशेष महाधिवेशन हुँदैछ । सोही सन्दर्भमा देउवा पक्षका केन्द्रीय सदस्यहरूले छलफल गरी अपिल जारी गरेका हुन् ।

सभापति देउवा पक्षका केही केन्द्रीय सदस्यहरू आज नयाँ बानेश्वरमा पनि छलफलमा जुट्ने बताइएको छ । चुनावपछि महाधिवेशन गर्ने पक्षमा सुरुदेखि उभिएका सदस्यहरू बेग्लै छलफलमा सक्रिय भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + one =