पत्रकार सम्मेलन गरेर के सन्देश दिन चाहन्छन् खड्का ?
२०८२ पुस २५ गते

काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद उत्कर्षमा पुगेका बेला कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे पत्रकार सम्मेलन आयोजना गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशन तत्काल रोक्न अपिल गर्ने निर्णय गरेको थियो । सोही निर्णयको निरन्तरताका रूपमा पत्रकार सम्मेलनमार्फत् कार्यवाहक सभापति खड्काले फेरि विशेष महाधिवेशन रोक्न आग्रह गर्ने बताइएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका इतर समूहका नेता डा. शेखर कोइरालाको समेत उपस्थिति रहने जनाइएको छ । विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद बढिरहेका बेला हुने यस पत्रकार सम्मेलनलाई महत्वपूर्ण रूपमा हेरिएको छ ।
२०८२ पुस २५ गते
प्रतिक्रिया
सम्बन्धित








