एचआइभी सङ्क्रमितलाई पोषण खर्च

बैतडी । पाटन नगरपालिकाले चालु आर्थिक वर्षमा एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउने भएको छ ।

आव २०७९/८० देखि एचआइभी सङ्क्रमितलाई नगरपालिकाले पोषण खर्च उपलब्ध गराउँदै आएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

चालु आवमा एचआइभी सङ्क्रमितलाई पोषण खर्च उपलब्ध गराउन रु एक लाख विनियोजन गरिएको उनले बताए ।

अहिले नगर क्षेत्रभित्र ३६ एचआइभी सङ्क्रमित रहेका छन् । उनीहरुलाई सोही रु एक लाखबाट पोषण खर्च उपलब्ध गराइने उहाँले बताए ।

आव २०७९÷८० मा एचआइभी सङ्क्रमितलाई तीनदिने व्यावसायिक तालिमसहित उनीहरुलाई वस्तुगत टेवाका लागि प्रतिव्यक्ति रु १२ हजारका दरले उपलब्ध गराएको छ ।

आव २०८०÷८१ मा पोषण खर्चबापत प्रतिव्यक्ति रु ६ हजारका दरले उपलब्ध गराइएको थियो ।

गत आवमा ३५ जनालाई जनही रु पाँच हजार सातका दरले पोषण खर्च उपलब्ध गराएको थियो ।

एचआइभी सङ्क्रमितलाई जीवनयापनमा सहज होस् भनेर पोषण खर्चका लागि रकम विनियोजन गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =